द्विविध मिशनको नाममा भइरहेको मानव तस्करीबारे छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव


काठमाडौं, – द्विविध मिशनको नाममा भइरहेको कुप्रयोग र मानव तस्करीका घटनाको गहिरो छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रस्ताव दर्ता गराएको छ।

पछिल्ला महिनामा वैदेशिक रोजगारीका लागि विदेश जान खोज्ने नेपालीहरू द्विविध मिशनको आडमा मानव तस्करीको शिकार बनिरहेको भन्दै रास्वपाले संसदमा विशेष प्रस्ताव पेश गरेको हो। प्रस्तावमा अध्यागमन कार्यालयमार्फत हुने छुटपासको दुरुपयोग, मिलेमतो, र मानव अधिकार उल्लङ्घनका घटनाहरू गम्भीर रूपमा उठान गरिएको छ।

रास्वपाले प्रस्तावमार्फत उच्चस्तरीय छानबिन समिति गठन गर्न सिफारिस गर्दै, त्यसले निम्न जिम्मेवारीहरू वहन गर्ने बताएको छ:

  • अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको भूमिकासहित छुटपास दुरुपयोगको अनुसन्धान,
  • द्विविध मिशनको नाममा विदेश गएका नेपालीहरूको अवस्थाको अध्ययन, उद्धार र पुनःस्थापनाका लागि सिफारिस,
  • छानबिन कार्यका लागि कार्यान्वयन समिति गठन गर्ने,
  • गृह मन्त्रालय, मानव अधिकार आयोग, श्रम मन्त्रालय र नागरिक समाजको सहकार्यमा विशेष अनुसन्धान टास्क फोर्स गठन,
  • मानव तस्करीमा संलग्न सञ्जालको पहिचान र अनुसन्धान,
  • पीडितको संरक्षण, न्याय प्रशासन सुधार, र अन्तर-देशीय समन्वयका लागि स्पष्ट निर्देशिका तयार गर्ने।

रास्वपाको प्रस्तावमा प्रमुख प्रतिपक्ष दलका सांसदहरूलाई पनि समितिमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा दीर्घकालीन राजनीतिक निर्णय लिने तथा सुधारका लागि नीति निर्माण गर्नुपर्ने प्रस्तावमा जोड दिइएको छ।रास्वपाका अनुसार, राज्यको तर्फबाट मानव तस्करी विरुद्ध अधिकतम हितमा काम गर्ने प्रतिवद्धता आवश्यक छ, र यस विषयमा गहिरो अनुसन्धान अपरिहार्य भइसकेको छ।