Logo

समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिना र नाइजेरिया भिड्ने, मुसा बिरुद्ध बिरालो बन्लान मेस्सी ?

काठमाडौं – विश्वकप २०१८ अन्तर्गत समूह ‘डी’ को अन्तिम खेल आज हुँदैछ । मंगलबार राति पौने १२ बजे हुने अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध खेल्दैछ । दर्शकको लागि भने यो खेलको मुख्य आकर्षण भनेको अर्जेनटिनी कप्तान लियोनल मेस्सीमा र नाईजेरीयन खेलाडी अहमद मुसा हुने पक्का छ ।

अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित बनाउने मुख्य जिम्मेवारी मेस्सी लगायत उनकाे टिमले लिनेछन् । त्यस्तै, आइसल्याण्डमाथि जित निकाल्ने क्रममा नाइजेरियाका मुसाले दुई गोल गरेपछि उनि पनि दर्शकको नजरका केन्द्र बनेका छन् ।

यस्तै उनले चार वर्षअघिको विश्वकपमा अर्जेन्टिनासँगको खेलमा पनि दुई गोल नै गरेका थिए । यसैले मंगलबारको खेलमा पनि उनै मुसा नाइजेरिया समर्थकका भरपर्दा आशा बने । आजको खेलमा यी दुई खेलाडीले विश्कप यात्रा जारी राख्न कुनै कसुर बाँकी राख्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्