Logo

झुपडीबाट सुरु नेइमारको यात्रा निजी जेट बिमानसम्म

असार १४ -फिफा विश्वकप भन्ने बित्तिकै अधिकांशको दिमाग आउँने नाम हो ब्राजिल । पाँच पटकसम्म विश्वकपको उपाधी जितेको ब्राजिल फुटबल खेल्नकै लागि भनेर विश्वभर चिनिने गरिन्छ । विश्वकप २०१८ मा पनि राम्रो प्रर्दशन गरिरहेको ब्राजिल यो बर्ष पनि गुगलमा सर्वाधिक सर्च हुने टिममा परेको छ । रोनाल्डो , रोनाल्डिनो ,रिवाल्डो जस्ता फुटवलर स्टारहरुले विश्वभर ब्राजिललाई फुटवलको नामले चर्चित बनायो । पछिल्लो समय ब्राजिलका खेलाडीहरुमा सर्वाधिक चर्चामा रहेका स्टार हुन नेइमार । यस बर्ष राम्रो प्रर्दशन गरिरहेका नेइमारका लाखौँ करोडौँ फ्यानहरु छन् ।

यस बर्ष पनि फिफाको बिजेता दावेदार मानिएको ब्राजिलको जीत पनि नेइमारको हातमा रहेको टिप्पणी गरिँदै आएको छ । तर उनै नेइमारको जीवन कुनै फिल्मी कथा भन्दा कम छैन । पुरा नाम नेइमार द सिल्पा सान्टोस जुनियरको जन्म १९९२ फ्रेब्रुअरी ५ मा एक गरिब परिवारमा भएका थियो । पिताको नाम नेइमार सान्टोस हो जो एक फुटवल खेलाडी थिए सोही कारण उनले आफनो छोराको नाम नेइमार जुनियर राखेका थिए । गरिब परिवार भएको कारण नै उनको बाल्यकाल त्यती सहज बितेन ।

आर्थिक अभावका कारण बहिनीसहित चार जनाको पविारलाई राम्रो ओछ्यानमा सुत्न कठिन थियो भने बिजुलीको बिल तिर्न नसक्दासमेत लाईन काटिदा स्कुलको होमवर्क समेत गर्न पाउन्थेनन जसको कारण उनले स्कुलमा सजाँय भोग्न् पथ्र्यो बुवा फुटवल खेलाडी भएको कारणले नै उनी मात्र १० बर्षको हुँदा उनले स्ट्रीट फुटवल खेलेका थिए । सानैबाट फुटवल खेल्न रुचाउँने नेइमारलाई सान्तोस एफसीले अनुबन्धित गरेपछि उनले व्यवसायीकरुपमा नै खेल खेल्न थाले भने त्यहीबाट एउटा फुटवलर हस्तीको यात्रा सुरु भयो ।

११ बर्षको उमेरमा उनले फुटवलको दुनियाँमा आफनो राम्रो छाप छोडेका थिए । मात्र १५ बर्षको उमेरमा १० हजार डलर कमाई गरेका उनले १७ बर्षको उमेरमा व्यवसायीक खेल जीवन सुरु गरे । नेइमार ब्राजिलका एकमात्र यस्ता खेलाडी हुन जसले पेरिस सेंन्ट जर्मेनका लागि खेलेका थिए । जसमा उनले २२२ मिलियन युरो कमाएका थिए र विश्वमा नै महंगा फुटवलर बन्न सफल भएका थिए । न २०१४ मा ब्राजिलमा नै आयोजना गरिएको विश्वकपमा चोटको कारण खेल्न नपाए पनि उनले २०१६ मा रियो ओलम्पिक खेलमा आफनो कम्तानीमा ब्राजिललाई स्वर्ण पदक जिताएका थिए ।

११६ बर्षसम्म गोल्ड जित्न नसकेको ब्राजिललाई उनले नै सो मौका दिए । खेल जीवनमा मिलेको सफलता , नाम र दाम दुबै कमाईरहेका नेइमारले सानै उमेरमा करोलिना डेंटाससंग प्रेम बिवाह गरे । मात्र १९ बर्षको उमेरमा उनी एक छोराको बुवा पनि बने जो यस समय ७ बर्षका भएका छन् । ब्राजिलमा सेकेण्ड पेलेको रुपमा चिनिएका नेइमारको आफनै निजी बिमान समेत छ । उनको सम्पतीमात्रै ९३७ करोड भएको आंकडा छ ।

कुनै समय सुत्ने ओछ्यान र बिजुलीको बिल तिर्ने पैसा नभएका नेइमारले सन २०११ मा फीनमस १०० नामको जेट बिमान किनेका थिए जसको मुल्य २६ करोड भन्दा बढि रहेको थियो भने २०१३ मा उनले करिब २८ करोडको लागतमा हेलिकप्टरसमेत खरिद गरेका थिए । त्यतीमात्र होईन उनले २०१६ मा ३३ करोड बढि मुल्यमा सेस्ना सिटेशियन ६८० नामको बिमान खरिद गरेका थिए । उनको ब्राजिल र बार्सिलोनामा आलिशान घरहरु छन् । हाल पेरिस नजिकै बस्ने गरेका नेइमारले घर भाडामात्र प्रतिमहिना १० लाख भन्दा बढि तिर्ने गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्