फिफा विश्बकप सकिए लगतै विश्व विजेता केलियन एमबाप्पे विश्वका सबैभन्दा महँगा युवा फुटबलर बन्न पुगेका छन् । एक रिपोर्ट अनुसार पेरिस सेन्ट जर्मेनका बाप्पेले हालै रसियामा सम्पन्न भएको विश्वकपको उपाधि फ्रान्सले जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए । उनी १७१।५ मिलियन पाउण्ड मार्केट भ्यालुका साथ सूचीको पहिलो नम्बरमा छन् ।
दोस्रो स्थानमा इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्ड दोस्रो नम्बरमा छन् । उनको मार्केट भ्यालु ७९।६ मिलियन पाउण्ड छ । तेस्रो स्थानमा ब्राजिल तथा म्यानचेस्टर सिटीका गाब्रियल जेसुस छन् । उनको मार्केट भ्यालु ७८।५ मिलियन पाउण्ड रहेको छ ।
१. केलियन एमबाप्पे (पेरिस सेन्ट जर्मेन): १७१.५ मिलियन पाउण्ड
२. मार्कुस रासफोर्ड (म्यानचेस्टर युनाइटेड): ७९.६ मिलियन पाउण्ड
३. गाब्रियल जेसुस (म्यानचेस्टर सिटी): ७८.८ मिलियन पाउण्ड
४. उसमाने डेम्बेले (बार्सिलोना): ७५.२ मिलियन पाउण्ड
५. मालकोम (बोर्डो): ५७.६ मिलियन पाउण्ड
६. फेडेरिको चिसा (फिओरेन्टिना): ५६.७ मिलियन पाउण्ड
७. गियानुल्गी डोन्नारमुमा (एसी मिलान): ५६ मिलियन पाउण्ड
८. त्रिश्चियन पुलिसिक (बोरुसिया डर्टमन्ड): ५४.६ मिलियन पाउण्ड
९. लिायन बेली बेयर (लेवरकुसेन): ५०.५ मिलियन पाउण्ड
१०. मिकेल ओयारजाबल (रियल सोसिडाड): ४५.८ मिलियन पाउण्ड
११. रायन सेसेग्नान (फुलहम): ४५.८ मिलियन पाउण्ड
१२. ट्रेन्ट अलेक्जेन्डर अर्नाल्ड (लिभरपुल): ४५.२ मिलियन पाउण्ड
१३. माथिजस डी लाइट (अजाक्स): ४५ मिलियन पाउण्ड
१४. भिनिसियस जुनियर (रियल मड्रिड): ४०.२ मिलियन पाउण्ड
१५. रोड्रिगो (सान्टोस): ३५.७ मिलियन पाउण्ड
प्रतिक्रिया