Logo

ओलिको सपना पुरा हुदै नेपालमा ल्याउदै यस्तो रेल

नेपालमा रेल ल्याउने कुरामा अत्यन्त बहस चलिरहेको छ । चीन र भारत दुवै तर्फबाट रेल सेवा जोड्ने चर्चा भइरहेको छ । दुवै देशले नेपालमा रेल ल्याउने विषयमा चासो देखाएका छन् ।सम्भाव्यता अध्ययनको पनि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठूलो सपना रेल सपना हो । उनले अक्सर भाषणमा रेल चर्चा गर्न छुटाउँदैनन् ।

चुनावी घोषणा पत्रमा रेललाई प्राथमिकता दिएका ओली निर्वाचन जितेर प्रधानमन्त्री नहुँदै रेल ल्याउने बाटो हेर्न केरूङ पुगेका थिए । जसरी पनि रेल ल्याइ छोड्ने उनले दावी गर्दै आएका छन् ।

नेपालमा रेल ल्याउने चर्चा भइरहँदा विश्वमा भने तिव्र गतीका रेल गुड्ने गरेका छन् ।युरोपमा रेलबाट यात्रा गर्नु प्लेनमा यात्रा गर्नुभन्दा छिटो हुने गरेको छ हिजोआज ।त्यस्तै जापानले उसको हाइ स्पिड रेलको सुप्रिम भर्सन परिक्षण गरि रहेको छ ।

२०२० मा जापानले आयोजना गर्न लागेको वीन्टर ओलम्पिक अघि उक्त सुप्रिम रेल संचालनमा ल्याउने तयारी जापानले गरेको छ ।विश्वका विभिन्न देशहरुले यात्रालाई सहज र छिटो बनाउन तिब्र गतिको रेल विकास गरि संचालन गरि रहेका छन् । यहाँ विश्वका उच्च गतिका ५ रेव सेवाका बारेमा चर्चा गरिएको छ ।

१. सांघाई मागलेभः २ सय ६७ एपीएच: विश्वको सबैभन्दा छिटो कुद्ने रेल चीनमा छ । उक्त रेल प्रति घण्टा २ सय ६७ माइल (४ सय ३१ किलोमिटर प्रति घण्टा) कुद्छ । तर यो रेल सेवा सस्तो भने छैन । मागलेभ रेलमा सांघाईको पुडोङ इन्टरनेशनल एयरपोर्टदेखि लोङयाङ मेट्रो स्टसनसम्मको करिब १९ माइल यात्रा गर्दा ८ अमेरिकी डलर तिर्नुपर्छ । उक्त दुरी पार गर्न मागलेभ रेललाई जम्ममा ७ मिनेट मात्र लाग्छ ।

२. फक्सिङ हाओ सीआर४०० एएफ/बीएफः २ सय ४९ एमपीएच:  चीनले बनाएको अर्को रेल हो फक्सिङ हाओ रेल हो । यो रेल सेवा तिब्र गतिको भएपनि मागलेभ जस्तो महगो भने छैन । दुईवटा रेल सीआर४०० एएफ लाई डलफिन ब्लू र सीआर४००बीएफ लाई गोल्डेन फोनिक्स समेत भनिन्छ । सीआर भन्नाले चाइना रेलवेलाई बुझाउँछ । यो रेलले बेइजिङ साउथदेखि सांघाई होङकाइओ स्टेसनसम्म ५ सय ५६ यात्रु बोकेर ५ घण्टामै पुग्न सक्छ ।

३. शिनकासेन एच५ र इ५ः २ सय २४ एमपीएच: यो वर्ष जापानले उच्च गतिको रेल संचालनमा ल्याएको ५४औं वर्ष मनाइ रहेको छ । जापानले १९६४ मा हिकारी नामक उच्च गतिको रेल विकास गरेको थियो । टोकियो र ओसाका बीचको दूरि विगतमा ७ घण्टाको थियो । तर जब जापानले उच्च गतिको रेल विकास ग¥यो त्यस पनि यो दूरि घटेर १ घण्टामा सीमित भयो । शिनकासेन एच५ र इ५ जापानको उच्च गतिको रेल हो ।

४. द इटालो एन्ड फ्रेसिएरोस्साः २ सय २० एमपीएच: इटालीमा संचालित इटालो रेल सेवा पनि उच्च गतिको रेल हो । यो युरोपको तिब्र गतिको रेल सेवा हो । यो रेल यात्रु बोकेर मिलानबाट फ्लोरेन्स वा रोम ३ घण्टाभन्दा कम समयमा पुग्न सक्छ । यो रेलले युरोपको यात्रालाई निक्कै सहज बनाएको छ ।

५. रेनफे एभीइः २ सय १७ एमपीएच: यो स्पेनको रेल सेवा हो । यो रेलले स्पेनको मुख्य सहरको दूरिलाई छोट्याएको छ । स्पेनको बार्सिलोनादेखि फ्रान्सको पेरिससम्मको दूरिलाई यो रेलले ६ घण्टामा सीमित गरि दिएको छ । यो उच्च गतिको रेलले नै सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस्