Logo

भगवान श्रीकृष्णले रोपेको मोतीको बोट : जसमा अहिले पनि पाइन्छ यस्तो मोति !

कुरा द्वापरयुगको हो तर आज पनि राधा बिना कृष्णको नाम र कृष्ण बिना राधाको नाम अधुरो मनिन्छ । आज हामी एक यस्तो कहानी सुनाउदै छौ जुन सुनेर तपाई नै चकित पर्नु हुन्छ । यो पौरानिक इतिहासले वर्तमान समयलाई अति नै सुन्दर साथ जोड्ने गर्छ । यस्तो स्थान जहाँ भगवान कृष्ण ले रोपेको मोतीको बोट अहिले पनि छ ? आउनुस पुरा पढौ !

यस्तो छ धार्मिक कथा :

अधिकांश ले यहि सुन्दै आको छ कि कृष्णको हजारौ गोपिनी हरुमा राधाको नाम लिदैन । राधा बस कृष्णको प्रेमिका थियो । यी दुईको बिबाह असम्भब भएको थियो । तर कहिँ कहिँ यी दुबैको बिबाह ब्रह्म जीले गरेको थियो भन्ने पनि उल्लेख छ । श्री कृष्ण र राधाको संसारिक नाता थिएँन तर गर्ग संहिता, गौतमी तन्त्रका अनुसार यी दुबैको बिबाह भएको बर्णन गरेको सन्त महात्माहरुले बताएका छन् ।

पुराणका अनुसार गोबर्धन पर्बत उठाउने घटनाको केहि समय पछी श्री कृष्ण र राधा को इन्गेजमेन्ट भएको थियो ।इन्गेजमेन्टमा कृष्णले उपहार स्वरूप बेशकीमती मोति दिएका थिए । तेही बेला देखि यस्तो बोट उम्रेको थियो जसमा अहिले पनि मोति निस्की रहेको छ । गर्ग सहिताका अनुसार राधा र कृष्णको इन्गेजमेन्टमा राधाको पिता वृषभानुले उपहार स्वरूप कृष्णलाई बेशाकीमति मोति दिएको थियो । यो मोति उपहार पाएकोमा वासुदेव तनाबमा परेका थिए । यति महँगो मोति कृष्णले कसरि सम्हाल्ने होला भन्ने उनलाई डर थियो ।

श्रीकृष्ण ले उक्त मोतीलाई कुण्डको नजिक जमिनमा गाडी दिए । जब नंद बाबालाई यो कुरा थाहा भयो छोरा प्रति रिस उठ्यो । उनले केहि मानिसलाई त्यो मोति खनेर ल्याउन पठाए । तर जब उनीहरुले मोति गाडेको ठाउमा पुगे त्यहाँ एक बोट उम्रेको थियो । उक्त बोटमा मोति टल्की रहेको थियो । तब उनीहरुले मोतीलाई बैलगाडीमा हालेर नंदबाबा को घरमा पुर्याउए । तेही समय देखि आज पनि त्यो कुण्डको मोति कुण्ड कै नाम ले चिनिने गरेको छ ।

८४ कोषको गोबर्धन यात्रा गर्दा आज पनि पिलुको बोटबाट मोति खोज्न आउने गर्छ । यस्ता बिरुवा अरु ठाउमा पनि लगाएको छ तर यहि स्थानमा लगाएको बोट बाट मात्र मोति उत्पादन हुने गर्दछ । यात्रा गर्ने मानिसहरुले यो कुण्ड र कुण्डको आसपास मोतीको बोटलाई सजिलै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्