Logo

पारस शाहको ४९ औ जन्मदिनमा छोरी पूर्णिकाको भावुक शुभकामना, कहाँ हराइन् सोनीक

पूर्व युवराज पारस शाह आजबाट ४९ औं वर्षमा प्रवेश गरेका छन् । उनलाई आफन्त र साथीभाईले जन्मदिनको शुभकामना दिएका छन् । १५ पौष २०२८ सालमा जन्मिएका पारसलाई छोरी पूर्णिका शाहले बाबुलाई महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन् । अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।

आज पूर्व युवराज पारस शाहले जन्मदिन हो । उनी यतिबेला पोखरामा आफ्नो जन्मदिन मनाइरहेका छन् । परिवारका साथमा नभएका उनी आफन्त र साथीभाइका साथ पोरखरामा जन्मदिन मनाएका हुन् । उनले पोखरामा रहेको किङ्स लाउन्जमा आफ्नो जन्मदिन मनाएका हुन् ।

परिवारका अन्य सदस्य साथमा नभएपनि पारसले दुई छोरी र एक छोरालाई भने पोखरा लिएर गएका छन् । उनको जन्मदिनमा रमाइलो गरेको तस्बिरमा छोराछोरी साथमा देखिन्छन् । लामो समय देखि पत्नी र परिवारको साथमा नभएका उनी छोराछोरीसंग भने नजिक छन् । उनले छोराछोरीसँग रमाइलोका साथ जन्मदिन भव्य रुपमा मनाएका हुन् । पारसको बर्थडे पार्टीमा पूर्व युवराज्ञी हिमानी शाह भने उपस्थित थिइनन् । पूर्वराजा रानीलाई पनि तस्बिरमा देख्न सकिन्न ।

पारसलाई छोरी पूर्णिका शाहले जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्– ‘कविहरु भन्छन् कि महान मान्छेको मुटु त्यत्तिकै नरम हुन्छ तर यो गलत देखिन्छ। जब महान मानिसहरू अरूको पीडामा नरम हुन्छन् ।’‘उनले आफ्ना पिता पारस शाहलाई अरुको पीडामा नरम हुने महान व्यक्ति भएको उल्लेख गरेकी छिन् । उनले अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।

उनको ब्यक्तिगत ब्यवहार र स्वभावका कारण अहिले परिवारवाट टाढा छन् । काठमाडौंमै रहेर पनि उनी एक्लै बस्दै आएका छन् । परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । विभिन्न स्थानमा घुम्दै रमाइलो गर्दै जिवन बिताइरहेका पारसले आफु राजा हुन नभई साधु भएर बाँच्न चाहेको बताएका छन् ।

युट्युवर सोनिका रोकायसंगको सम्बन्धका कारण अहिले उनी सामाजिक सञ्जालमा चर्चित छन् । उनीहरुको सम्बन्धलाई लिएर टिकाटिप्पणी गरिएको छ । तर यि सब कुराले भने पारसलाई कुनै मतलब लागेको देखिदैन । पछिल्लो समय पारस सोनिका रोकायासँगको हिचमिचका कारण चर्चासँगै आलोचना समेत खेप्दै आएका छन् । उनीहरु प्राय सबै ठाउँमा घुम्न जाँदा संगै देखिन्छन् ।

पोखरामा सोनिकालाई मोटरसाइकलमा राखेर घुमाएको भिडियो बाहिरिएपछि उनीहरुको सम्बन्धका बारेमा चर्चा सुरु भएको हो । त्यसपछि पनि उनीहरु विभिन्न स्थानमा घुम्न जाँदा संगै देखिएका छन् । सोनिकाले पारसलाई लिएर भिडियो सामग्री समेत बनाउँदै आएकी छन् । तर उनीहरुले आफुहरु साथी मात्र भएको प्रतिकृया दिएका छन् ।

परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहका जेठा छोरा पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्