Logo

करुणाको मायामा प्रकाशको यात्रा (भिडियो सहित)

प्रताप दास र पुजा केप्छाकी मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सोमबार राजधानी काठमाडौँमा एक कार्यक्रम गरेर ‘यात्रा ‘बोलको गीत भिडियो सार्बजनिक गरिएको हो । सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन रहेको छ । सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीतमा करुणा श्रेष्ठ र प्रकाश राम दाम फिचर्ड छन् ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन् । मुस्तांगको रमणीय दृश्यहरु कैद गरिएको भिडियोमा सुरेश काफ्लेले ड्रोन अपरेट गरेका छन् । ओएसआर डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको गीतलाई लिएर प्रताप दासले विगतका सिर्जना झै यो गीतलाई पनि दर्शक तथा श्रोताले साथ दिने विश्वास व्यक्त गरे । भिडियोलाई सुन्दर बनाउन निकै मेहनत गरेको निर्देशक बसेलको भनाइ थियो । https://www.youtube.com/watch?v=Ub61kNDbP14&

प्रतिक्रिया दिनुहोस्