Logo

चलचित्र “परदेशी २” मा प्रकाश सपूतको भाइ पनि

काठमाडौं – निर्देशक नारायण रायमाझी अहिले २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल निर्माणमा जुटेका छन् । करीब ४ वर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका उनी कथा फाइनल गरेर अहिले कलाकार छनोटमा जुटेका छन् । उनले केही दिन अगाडि चलचित्रको प्रमुख भूमिकामा अहिलेका चर्चित लोक गायक प्रकाश सपुतलाई अनुबन्धित गराएका थिए ।

‘बोल माया’, ‘गलबन्दी’ जस्ता चर्चित गीतका गायक सपुतले यो चलचित्रबाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । बाल्यकालदेखि नै नेपाली चलचित्रको हिरो बन्ने सपना बुनेका उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । हिरो बन्ने सपना बोकेर काठमाडौं आएका सपुतको ‘परदेशी २’ बाट त्यो सपना पूरा हुँदैछ । तर, उनी चलचित्र आफ्नो करिअर नभएको बताउँछन् ।

चलचित्रका लागि निर्देशक रायमाझी अहिले अभिनेत्रीको खोजीमा छन् । फागुनबाट छायांकन सुरु हुने चलचित्रलाई आउँदो दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । यसको अघिल्लो श्रृंखला पनि दशैंमा नै प्रदर्शनमा आएको थियो ।

‘परदेशी २’ मा प्रकाशसँगै उनका भाई देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । देवेन्द्र गायक, सर्जक तथा थिएटर आर्टिस्ट हुन् ।

समाचार सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्