Logo

अदालतमा डिभोर्स गरेका गायक रामकृष्ण ढकाल श्रीमती र छोरी लिएर चितवन पुगेपछि…(हेर्नुहोस् भिडियो)

काठमाडौं – रामकृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा गायक हुन्। विभिन्न रियालिटी सोका जजका रुपमा समेत प्रस्तुत हुने गरेका उनले आधुनिक, पप र फिल्मका सयौ गीतमा स्वर भरेका छन् ।यतिबेला गायक ढकाल र उनकी पत्नी निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ। यधपी उनीहरु विभिन्न कार्यक्रमहरुमा एकैसाथ देखिन्छन जसका कारण यो सम्बन्धविच्छेदका बारेमा कतिपय अन्योलता सृजना गरको पनि पाइन्छ। यधपी कानूनी रुपमा भने ढकाल र निलमले सम्बन्धविच्छेद गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले ढकाल र निलमले कागजी रुपमा सम्बन्ध विच्छेद गरेको बताएका थिए । उनका अनुसार निलमले अंश नलिने गरी ढकाल र निलमको डिभोर्स भएको हो ।चितवनमा आयोजित हात्ती महोत्सवमा पनि गायक ढकाल, निलम शाह ढकाल र छोरी रानी ढकाल संगै देखिन्थे। कार्यक्रममा उनले ‘मन पराउने हजार भेटिन्छन्…’, ‘ओराली लागेको हरिणको चाल भयो…’, ‘पहाडको छुकछुके रेल…’ लगायतका गीतहरु गाए। ढकालले आफ्ना गीत सुनाउँदा शाह र छोरी पनि सँगै स्टेजमै थिए ।

केहि दिनअघि पनि काठमाण्डौको सोल्टी होटलमा आयोजित अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा पुगेका थिए । कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो ।

प्रतिक्रिया दिनुहोस्