Logo

होसियार : गिजरमा नुहाउँदा सावधान ! यसरी गयो किशोरीको ज्यान

गिजरमा नुहाउने क्रममा बेहोश भइ ललितपुरमा एक जनाको निधन भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्साको बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको निधन भएको प्रहरीले जनाएको छ ।होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जाडो महिनामा हिटर र गिजर लगायतका उपकरण प्रयोग गर्दा सावधानी नपअनाएका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । गएको सोमवार कीर्तिपुर नगरपालिका–८ स्थित सुन्दर बस्तीमा कोठालाई तातो बनाउने भन्दै कोइला बालेर सुतेका बेला दुईमहिने शिशुसहित आमा ३६ वर्षीया शर्मिला रञ्जितकारको निसासिएर निधन भएको छ ।  ।

साँघुरो कोठामा सँगै सुतेका श्रीमान् नमराज रञ्जितकारको ज्यान नगए पनि अक्सिजन कम भएकाले उनी बिरामी परेका छन् । प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार उपचार गराउँदासमेत हाल उनी उठ्न, बोल्न र राम्ररी हिँड्न नसक्ने अवस्थामा छन् । उनीहरू सुतेको सानो कोठामा भएको एउटा सानो झ्याल पनि बन्द गरिएको थियो, हावा ओहोरदोहोर गर्ने कुनै बाटो थिएन ।

राति ९ बजेतिर मकल बालेर त्यो निभ्न लाग्दा करिब साढे १० बजेतिर सुतेका उनीहरू चिकित्सकीय भाषामा कार्बन मोनोअक्साइड ९सीओ० विषाक्तताको प्रभावमा परेका हुन् । जाडो याममा घरलाई न्यानो पार्ने, तातोपानीले ग्यास गिजरमा नुहाउने आदि क्रममा सावधानी नअपनाएका कारण बर्सेनि मुलुकभर यस्ता घ टना थुप्रै हुँदै आएका छन् ।

ग्यास गिजरमा बलिरहेको ग्यासबाट कार्बन–मनोअक्साइड नामक ग्यास निस्कन्छ । सैनिक अस्पतालका फर्मासिष्ट डा सुरेश बस्ताकोटीका अनुसार यो एक रङहीन र गन्धहीन मन्द विषालु ग्यास हो । यो कोठाभरि फैलिएर मानिसलाई असर गरिसक्दा पनि थाहा नहुन सक्छ । तर, यसका लक्षणहरू भने अनुभव गर्न सकिन्छ । शरीरमा कार्बन–मनोअक्साइडको मात्रा ३० प्रतिशत पुगेमा टाउको दुख्ने, थकाइ लाग्नेजस्ता विभिन्न समस्या देखापर्छन् । यो स्तर ४० प्रतिशतसम्म पुग्दा बेचैनी बढ्न थाल्छ भने ८० प्रतिशतसम्म पुग्दा मानिस मूर्छित हुन पुग्छ ।

ग्यास गिजरका कारण हुने अधिकांश दुर्घ टना झ्याल तथा ‘भेण्टिलेशन’ बन्द गरिएको बाथरूममा नुहाउ“दा हुने गरेको बताइन्छ । बन्द कोठामा कार्बन–मनोअक्साइड र तातो पानीका कारण जीउबाट निस्कने बाफ बढ्दै जा“दा कोठामा रहेको अक्सिजन विस्थापित हुन पुग्छ । र, हामीले फेर्ने श्वासमार्फत फोक्सोमा उक्त ग्यास प्रवेश गर्छ ।

डा बस्ताकोटीका अनुसार कार्बन–मनोअक्साइड रक्तसञ्चार प्रक्रियाद्वारा शरीरभर फैलिन्छ । यसको मात्राअनुसार शरीरमा असर देखिन थाल्छन् । बन्द बाथरूममा पहिल्यैदेखि यो ग्यास भरिने हुँदा विशेषगरी नुहाउँदा बढी दुर्घ टना हुने गरेको हो । कार्बन–मनोअक्साइडको मात्रा बढी भएपछि मानिस मूर्छित हुन्छ । त्यस अवस्थाको मानिसलाई बढीमा १० मिनेटभित्र सफा र आवश्यक अक्सिजन प्राप्त नभएमा ज्यानै जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्