एलकेजीका ४ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा शिक्षिका पक्राउ


पाँचथर l पाँचथरको फिदिमस्थित एक विद्यालयमा एलकेजीमा अध्ययनरत ४ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छन्।

प्रहरीका अनुसार सुबित्रा सेन्दाङ लाई सोही विद्यालयमा अध्ययनरत बालकलाई कुटपिट गरी घाइते बनाएको आरोपमा नियन्त्रणमा लिइएको हो। घटना न्यु लुडरुपा बोर्डिङ स्कुल मा भएको बताइएको छ।

लेख्न नसकेको विषयलाई लिएर बालकमाथि कुटपिट गरिएको आरोप रहेको प्रहरीले जनाएको छ। घटनापछि बालकको स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

घटनापछि अभिभावक तथा स्थानीयवासीले विद्यालयमा बालबालिकामाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी निगरानी र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।