मनोज शर्मा प्रधानन्याधिस नियुक्त भए पछि सपना मल्लले लिइन २० दिन बिदा


काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान ले नयाँ प्रधानन्यायाधीश डा. मनोज शर्मा नियुक्त भएपछि २० दिनको बिदा मागेकी छन्। उनले आजदेखि लागू हुने गरी बिदाका लागि निवेदन दिएकी हुन्।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने अपेक्षामा रहेकी प्रधान, संवैधानिक परिषद ले डा. शर्माको नाम सिफारिस गरेपछि असन्तुष्ट रहेको बताइएको छ। यद्यपि, उनले राजीनामा दिने निर्णय भने नगरेको स्रोतले जनाएको छ।

प्रधानन्यायाधीशको शपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा प्रधान अनुपस्थित रहिन्। संसदीय सुनुवाइ समितिबाट डा. शर्माको नाम अनुमोदन भएलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएकी थिइन्।

प्रधानले दिएको बिदाको निवेदन हालसम्म स्वीकृत भएको छैन। अब उक्त निवेदनबारे निर्णय प्रधानन्यायाधीश डा. शर्माले गर्नेछन्।