Logo

अस्पतालले ४ वटा खोप एकै पटक लगाइदिएपछि डेढ महिने बालिकाको मृ’त्यु

पुस – इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृ’त्यु भएको छ।

एकैपटक चार वटा सुई ल’गाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृ’त्यु भएको थियो। उक्त घ’टना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।

आकस्मिक घ’टना घ’टेको र यस घट’नाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहिवार उक्त बिषयमा छलफल गरि घ’टनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले बताए। स्वास्थ्यकर्मीहरुले अकल्पनीय घ’टना घ’टेको र आफुहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउदै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्