Logo

नवजात शिशुको विचल्ली: सुत्केरीको मृत्यु भएपछि नवजात शिशु अलपत्र

पुस । गत बुधवार अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ। मुगुको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रावले बाटोमै मृत्यु भएको थियो ।

विश्वकर्माले जन्माएको नवजात शिशु भने हाल जिवितै रहेकाले, शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका वावु रामवहादुर विकले वताए । विकका अनुसार नवजात शिशुलाई बचाउन गाउँमा रहेका अन्य महिलाहरुले आलोपालो गरेर स्तनपान गराएपनि नियमित स्तनपान नहुँदा समस्या भएको छ। शिुशलाई स्तनपान र पालन पोषणका निम्ति कोही कसैले सहयोग गरिदिए पूण्य मिल्ने स्थानीयले बताए ।

विकले श्रीमती धनरुपा सुत्केरी भएको वेला हिमपातले जिल्लामा संञ्चार अवरुद्ध बनाएको कारण तत्काल उद्दारका लागि खवर गर्न नसकिएको बताए । यसअघि जिल्लामा राष्ट्रपति महिला तथा ज्‍येष्ठ नागरिक उत्थान कार्यक्रमले सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्ने गरेको थियो । नवजात शिशुभन्दा अगाडि विकको घरमा चार सन्तान रहेका छन्।

श्रीमतीको मृत्युपछि उनीहरूको पालनपोषण र शिक्षा दीक्षा कसरी अघि बढाउने भन्ने पीरले सताएको विकले बताए।

प्रतिक्रिया दिनुहोस्