Logo

२०७७ सालमा कुन पर्व कति गते पर्छ, थाहा पाउनुपर्ने सबैले हेर्नुहोस्

काठमाडौं – नयाँ वर्ष २०७७ को नयाँ पात्रो सार्वजनिक भएको छ । सार्वजनिक पात्रोमा २०७७ मा परेका चाडपर्व उल्लेख गरिएको छ । पात्रो अनुसार २०७७ को असोजमा एक महिना मलमास परेको छ । मलमासकै कारण दशैं तिहार पनि पर सरेको छ । मलमासले गर्दा २०७७ को दशै र तिहार एक महिना धकेलिएको छ । त्यस्तै

पञ्चाङ्ग निर्णायक समितिका अनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते, कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजया दशमी रहेको छ । त्यस्तै कात्तिक २८ गते तिहार परेको छ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको छ ।

त्यसैगरी बैशाख ११ गते मातातिर्थ औशी, १४ गते अक्षय तृतीया, २५ गते बुद्ध जयन्ती, जेठ १९ गते गंगा दशहरा, असार ७ गते आइतबार औशीको दिन, असार २१ गते गुरु पुर्णिमा, साउन १० गते नागपञ्चमी, १९ गतेजनै पुर्णिमा, २० गते गाईजात्रा, २७ गते कृष्ण जन्माष्टमी र भदौ ३ गते कुशे औशी परेको छ ।

त्यस्तै २०७७ मा नेपाली महिलाहरुको हरितालिका तीज भदौ ५ गते परेको छ । त्यस्तै भदौ ७ गते ऋषी पञ्चमी, भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु, असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने, मंसिर ५ गते छठ, मंसिर २८ गते बाला चतुदर्शी, पुस १५ मा उद्यौली र तमु ल्होसार, पुस ४ गते बिवाह पञ्चमी, फागुन २७ गते शिवरात्री, चैत १५ गते होली, २९ गते घोडेजात्रा पर्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्