Logo

हिउँले सेताम्य दोलखाको कालिन्चोक मन्दिर

देशभर हिउँदे वर्षा भएसँगै विभिन्न स्थानमा हिउँ परिरहेको छ । दोलखाका उच्च भेगमा हिमपात भएको छ । दोलखाका प्रमुख पर्यटकीय स्थल कालिन्चोक पनि ढाकेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउ परीरहको छ । दोलखाको कालिन्चोकमा पनि हिउँ परेसंगै पर्यटकको चाप पनि बढेको एक स्थानीयले बताए ।

चिसो बढेसँगै दोलखाको कालिन्चोक र आसपासका क्षेत्रमा हिमपात भएको छ । कुरी बजार हिउँले छपक्कै ढाकेको छ । हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरू हिउँले सेताम्य छन् । हिमपात भएसँगै यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । कुरी बजारसम्म यातायातको पहुँच पुगेको छ।

प्रतिक्रिया दिनुहोस्