Logo

चलचित्र”एन्टिहिरो”मा अनमोलसँग रोमान्स गर्दै प्रदीपको नायिका जसिता, भुवन बन्नेछन् खलनायक

काठमाडौं – चलचित्र “एन्टिहिरो” निर्माण गर्ने समाचार आए संगै नायिका को हुन्छ भने सबैको चासो थियो । नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन् । भुवन केसीले निर्माण गर्ने चलचित्रको लागी आज होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो ।


यो फिल्ममा नायकका रुपमा भुवनका सुपुत्र अनमोल केसी देखा पर्दैछन् । चलचित्रमा भुवन केसी खलपत्र (भिलेन)का रुपमा देखिनेछन् । केसीका अनुसार यो चलचित्र वैशाख १ गतेबाट सुटिङमा जाने छ ।

अनमोल हाल ‘ए मेरो हजुर ४’ को वर्कसपमा व्यस्त छन् । यसपछि उनी घरेलु ब्यानर ‘द सुपर काजल फिल्म्स’कले बनाउन लागेको ‘एन्टिहिरो’को सेटमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्