Logo

जापानमा यसरि मनाइन्छ अनौठो लिंग पर्व !

महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । यसरी मनाइयो जापानमा अनौठो लिंग पर्व युवायुवती, महिला पुरुष सबैजना लिंगआकृतिसँग आलिंगनमा मस्त भए । जापनको आइची प्रान्तस्थित कोमाकी क्षेत्रमा हरेक वर्षको मार्च महिनाको १५ तारेखमा लिंग पर्व मनाइन्छ । सडकमा भिमकाय लिंग बोकेर मानिसहरु हिँड्दछन् । अनि रमितेहरुको पनि ताँती लाग्दछ ।

एउटा जापानी वनस्पतीको काठबाट बनेको दुई मिटर लामो लिंग बोकेका पुरुषहरु सडकमा हिँडिरहँदा हेर्नेको भीड लाग्दछ । त्यो काठको लिंग ४ सय केजी तौलको छ भने यसको गोलाकारको परिधि १ मिटर रहेको छ ।

यो लिंगको दर्शन गरेमा खेतीपाती हुने, प्राकृतिक विपत्ति नआउने र मानिसहरुको प्रजनन क्षमता पनि बढ्ने विश्वास गरिन्छ । यो पर्व यतिधेरै लिंगमय बन्दछ कि टोपी देखि चकलेट सम्म तथा खेलौनादेखि खानेकुरासम्म सबै लिंग आकारका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्