Logo

बिहे हुन् लागेकी प्रेमिका निधन भएपछि एक्लिएर प्रेमीले भने, ‘तिम्रो लागि रातो साडी किनेर ल्याइदिएको छु बुडी, तिमि कहाँ गयौ’ ?

बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन् । तर अहिले माइतीलाई पनि मनाएर धुमधामका साथ माघ १३ गते विवाह गर्ने निधो भएको थियो ।

दुवै परिवार खुसी भएपछि उनको खुसी झन दुइगुना भएका थियो । महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर विवाह गरेकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार नगरेका हुन् ।

पाँच दिन पछि हुने आफ्नो विवाहका लागि साथीलाई कार्ड पुर्याउन हिडेकी उनलाई टिपरले ठक्कर दियो । उनी कहिल्यै नफर्कने गरी अस्ताइन् । महेन्द्रनगरकै मदन चोकमा भेट्ने भन्दै कार्ड बोकेर हिँडेको उनको घण्टापछि नन्दले फोन गर्दा लागेन । कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक नजिकै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको हो।

पाँच दिन पछि सिउँदोमा सिन्दुर भरेर आफ्नो घरमा औपचारीक रुपमा भित्र्याउने सपना बोकेका प्रकाशको सपना पनि भताभुगं भयो । प्रेमीकाको निधनले विक्षिप्त बनेका प्रकाशले सामाजिक सञ्जालमा निकै मार्मिक स्टाटस लेखेका छन् । उनले रमितासंग विताएका पलका तस्बिर सार्वजनिक गर्दै अब आफु पनि छिट्टै आउने लेखेका छन् । उनले लेखेका छन्, तेरो लागि रातो साडी पनि किनेको छु नी बुढि हाम्रो पर्सी विहे हो ।

कहाँ छस् छिटो आइज न प्लीज । एक चिप्टी सिन्दुरको लागि तैंले आफ्ना आफन्त सबैलाई छोडेर मलाई साथ दिइस् म संग आइस् तर अहिले मलाई बिच बाटोमा छोडेर किन गइस् ? अब यति लामो जिवनको वाटो म एक्लै कसरी हिड्नु ? कति सपनाहरु थिए किन धोका दिइन् ? तँलाई मैले पहिले नै भनेको थिए तलाई केही हुनु पहिला नै म रहन्न भनेर ? मलाई एक्लै किन छोडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँ । मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दुर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँ संग बुढी । मलाई नभुलेस् है मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँ संगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।

प्रतिक्रिया दिनुहोस्