Logo

हेर्नुस पशुपति क्षेत्रको कली मन्दिरमा तोडफोड, नागको मूर्ति चोरी !

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तोडफोड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तोडफोडको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तोडफोडको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मानसिक स्वास्थ्य अवस्था ठीक नभएको महिलाले तोडफोडको प्रयास गरेको कोषले जनाएको छ । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तोडफोड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ । ती महिलाले मन्दिरबाट लगेको तामाको नाग भने गौशाला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्