Logo

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु !

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो। डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्