Logo

दैनिक गर्नुहोस् यी धार्मिक काम चम्किन्छ तपाईको भाग्य

धर्म र अध्यात्म प्रति मानिसका गहिरो आस्था रहेको छ । दैनिक पूजापाठ, भजन तथा भगवानको नाम जप्छन् र भगवानको आराधना गर्छन । भगवानमा आस्था राख्नाले धर्म बढ्छ र मानिसमा शान्ति हुने मान्यता रहेको छ । ईश्वरको नाम लिनेहरुलाई देविदेवताको कृपा रहने र जीवनमा कुनै संकट नआउने विश्वास पनि गरिन्छ ।दैनिक पूजापाठ गर्नेहरुले भगवानको आराधना गर्दा केही विषयमा भने विशेष ध्यान दिनुपर्छ । धर्मशास्त्रमा भनिएको छ दैनिक पूजापाठ गर्नाले मानव जीवनमा लाभ मिल्छ ।

घरमा भगवानको मन्दिर स्थापना गर्ने
दैनिक पूजापाठ कर्म गर्नेहरुले घरमा सानो मन्दिर स्थापना गरी त्यहि देवीदेवताको आराधना गर्नुपर्दछ । तर मन्दिर स्थापना गर्दा जुन भगवानको प्रतिमा राखे पनि तिनको प्राणप्रतिष्ठा गर्नुपर्दछ ।

राशि अनुसारको पूजा
हरेक ब्यक्तिको जन्म समयको आधारमा निकालिएको कुण्डलीमा एक नाम हुन्छ, जसलाई हामी न्वारानको नाम भन्छौ । ब्यक्तिले आफ्नो वास्तविक नामको आधारमा बनेको राशि अनुसार देवीदेवताको पूजापाठ गर्नुपर्दछ ।

गाईको पूजा
गाई अर्थात गौमातामा सबै देवीदेवताको वास हुने धार्मिक मान्यता छ । धार्मिकशास्त्र अनुसार घरमा नियमित पूजापाठ गर्नेहरुले गाईको समेत पूजा गरी रोटी, हरीयो घाँस, ख्वाउनुपर्छ । यसो गर्नाले जीवनमा सुख प्राप्त हुन्छ ।

तुलसीको पूजा
दैनिक पूजा गर्नेहरुले घरमा तुलसी रोपि दैनिक पूजा गर्नु पर्दछ । जस्ले गर्दा सो घरका मुख्य सदस्य सहित महिलाले लाभ कमाउने योग बन्दछ । साथै पूजाकर्तालाई ख्याति प्राप्त हुन्छ ।

हनुमानको पूजा आराधना

हिन्दू धर्ममा हनुमानको पूजालाई विशेष मानिन्छ । यदि लामो प्रयास पछि पनि कुनै काममा सफलता प्राप्त भइरहेको छैन भने हनुमानको आरधना विशेष मानिन्छ । त्यसैले दैनिक पूजा गर्नेहरुले हनुमानको आराधना गरे विशेष फल प्राप्त हुन्छ ।

मन्त्रको जप

देवीदेवतालाई मन्त्रोच्चारण गरी पूजा गर्नुपर्दछ । साथै हनुमान चालीसा, महामृत्युजय मन्त्र, गायत्री मन्त्रलाई निरन्तर जप गर्नुपर्दछ । तर कुनै पनि देवताको आराधना गर्नु अगाडि श्रीगणेशको आराधना गर्न अनिवार्य छ ।

दान
धर्मशास्त्र अनुसार मात्र होइन मानवियताको आधारमा पनि अभावमा रहेकाहरुलाई सकेको दान गर्नु पुण्यको काम हो । अझ दैनिक भगवानको पूजापाठ गर्नेहरुले बेलाबेलामा दान गर्दा ईश्वरको कृपा पाउन सकिने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्