Logo

ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि

कपुरको प्रयोग पूजापाठको लागि धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रूपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।


जाडोका कारण कामज्वरो आएमा १ डाडु घ्यूमा १ चम्चा मरिचको धूलो, कपुर हालेर शरीरभरि मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

जाडो मौसममा बढ्ने श्वासप्रश्वासको समस्याले निम्त्याउने दम रोगमा कपुर अचूक औषधि साबित हुनेछ ।

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाएर तातो पानीसँग बिहानबेलुका २ गोली सेवन गर्दा दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुख्ने समस्या भएका मानिसहरूमा पनि यसले निकै फाइदा गर्दछ ।

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा मालिस गर्दा ढाडको दुखाइ कम हुन्छ ।

कपुरले यस्ता विभिन्न स्वास्थ्य समस्यामा गर्ने फाइदाको बारेमा आज हामी चर्चा गदैछौं ।

१. साधारण वा पुरानो खोकीमा
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

सूठो, पिप्ला र मरिच एक–एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक–एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकीसमेत ठीक हुन्छ ।

२. पुरानो बाथमा
एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ रोग ठीक हुन्छ ।

३. आउँ भएमा
दुई चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाने गरेमा जीर्ण, आउँ, सबै ठीक भएर जान्छ ।

४. निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा
फुराएको हिङमा कपुर मिसाएर केराउ जत्रो गोली बनाएर दुई–दुई गोली तातोपानीसँग खाँदा अनिन्द्राको समस्या हट्नुका साथै मुर्छा पर्ने रोग पनि ठीक हुन्छ ।

५. दाँत किराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ । यदि दाँतमा किरा लागेको छ भने पनि यो समस्या ठीक हुन्छ ।

मरिचको धूलो, खयर, कपुर बराबर पिँधेर दाँत माज्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने समस्या पनि ठीक हुन्छ ।

६. दाद वा दाग आएमा
कपुर र नरिवलको तेल मिसाएर नियमित लगाउने गरे दाद तथा दागहरू बिस्तारै हराएर जान्छ ।

७. हैजा लागेमा
हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर १ चम्चा पानी हाली पिएमा हात गोडा तातेर आउनुका साथै हैजा ठीक भएर जान्छ ।

प्रतिक्रिया दिनुहोस्