Logo

३ जनासँग सहमतिमै यौन सम्बन्ध राखेर १२ जनामाथि बलात्कारको आरोप !

काठमाडौं – १२ जना युवकमाथि बलात्कारको आरोप लगाउने युवतीले अहिले बयान फेरेकी छिन् । उनले ती युवकहरुसँग बदला लिनको लागि यस्तो आरोप लगाएको बताएकी छिन् ।

साइप्रसको एक रिसोर्टमा पार्टी गर्न गएकी १९ वर्षकी बेलायती युवतीले ती युवकहरुमाथि बलात्कारको आरोप लगाएकी थिइन् । आरोप लगाइएका सबै युवक इजरायलका हुन् । युवतीका अनुसार उनले ३ युवकसँग सहमतिमै यौन सम्बन्ध बनाइरहेकी थिइन् । तर, ती युवकहरुले उनको इच्छाविपरित भिडियो बनाएका थिए ।

जबरजस्ती भिडियो बनाएकै कारण युवतीको मनमा बदलाको भावना जाग्यो र उनले बलात्कारको आरोप लगाएकी थिइन् । घटना १७ जुलाइमा भएको थियो । आरोपी बनाइएका इजरायली युवकहरुलाई सुरुमा गिरफ्तार गरेको पुलिसले क्लिन चिट दिँदै रिहा गरिसकेको छ । त्यसपछि युवतीलाई झुटो उजुरी दिएको आरोपमा गिरफ्तार गरिएको हो ।

युवतीका वकिलले भने उनलाई रिभेन्ज पोर्नको शिकार बनाइएकोले युवती अझै पीडित भएको दावी गरेका छन् । यद्यपि रिहा भएपछि सबै युवक इजरायल गइसकेका छन् । रिपोर्टका अनुसार पुलिसले भिडियोमा युवतीले यौन सम्बन्ध बनाउँदा कुनै किसिमको विरोध वा प्रतिरोध गरेको नपाएपछि उनलाई झटो उजुरी दिएको आरोपमा पक्राउ गरिएको हो । कथित रुपमा युवती भिडियोमा हाँसिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्