Logo

जसलाई अफ्नो मिर्गौला दिइन उसैसंग बिहे गरिन रविना बादिले ….(भिडियो सहित)

सामाजिक सञ्जालमा निकै भाइरल भएकी रविना वादीले तेस्रो विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी आरुष चौहानसंग विवाह गरेकी हुन् । उनीहरुको विवाह भएको भिडियो वाहिरीएको छ । पछिल्लो समय आरुषसंग निकै रोमाञ्टिक मोडमा देखिने गरेकी रविनाले अन्तत सुटुक्क विवाह गरेको खुलेको हो । केही दिन अघि उनले आफुलाई आरुषले धोका दिएको भन्दै लाइभ भिडियो मार्फत निकै विलौना गरेकी थिइन् ।

आरुष भारतीय नागरिक हुन् । आरुषसंग केही महिना अघि भारत गएकी रविना गुमनाम भएकी थिइन् । तर एकाएक आरुषले आफुलाइै धोका दिएको र त्यसका लागि दुई युवती जिम्मेवार रहेको भन्दै नाम सहित भिडियो सार्वजनिक गरेकी थिइन् । आफु अब बाँच्न नचाहेको भन्दै देह त्याग गर्न लागेको भिढियो समेत बाहिर आएको थियो ।

तर अहिले उनी खुसी छन् । उनको प्रेमी पनि नेपाल आएका छन् । नेपालकै एक मन्दिरमा उनीहरुले विवाह गरेको खुलेको छ । सार्वजनिक भएको भिडियामा हिन्दु परम्परा अनुसार विवाह भएको देखिएको छ । विवाह पछि संक्षिप्त प्रतिकृया दिँदै उनीहरुले अब आफुहरुले एउटा सन्तान चाहेको र त्यो छोरी होस भन्ने चाहेको बताएका छन् । उनको आफ्नो दुखदायी जीवनका घटना र आफ्नो सानो छोराका कारण उनी धेरै चर्चामा आएकी थिइन् । सानै उमेरमा यौ न हि ँसामा परेको र दोस्रो विवाह पछि पनि उनलाई श्रीमानले धोका दिएको भन्दै उनी एउटा युट्युव च्यानल मार्फत सार्वजनिक भएकी थिइन् ।

ब्लड क्यान्सरको रोगी भएको आफ्नो एक वर्ष उमेर नपुगेको छोरालाई बचाउन उनले आफ्नो एउटा मृगौला समेत बेचेको बताएकी छन् । उनी आरुष जसलाई उनले मृगौला बेचेकी थिइन् उनैले रविनालाई जिवनभरको लागि साथ दिएका छन् । आरुषले नै छोराको उपचार आफुले गरिदिने सर्तमा रविनाले उनलाई आफ्नो एउटा मृगौला दिएकी हुन् । भारतमा गएर रविनाले आरुषलाई मृगौला दिएको भन्दै समाचार वाहिरिएको थियो । विवाह भए पछि रविना निकै खुसी देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्