Logo

कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चोरी ! सेयर गरौ

मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ ।

बुधबार दिउँसो तीन बजेतिर एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने प्रयास गरेकी थिइन् । उनले मूर्ति हल्लाउन खोजेकी थिइन्। यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फो’डेको पूजारी मदन भट्टले बताएका छन्।

बिहान ६ बजे मन्दिरको ढोका खोलेर दिउँसो २ बजे बन्द गरिएकोमा त्यसपछि ती महिला आएर तो’डफो’ड गरेको पूजारी भट्टले दाबी गरेका छन् । पूजारी भट्टले पशुपति क्षेत्र विकास कोषमा ढोका बलियो बनाइ पाउँ भनि निवेदन पनि दिएका छन् । तो’डफो’डमा संलग्न महिलाले मन्दिरबाट तामाको नाग लिएर गएकी थिइन् । सो नाग गौशाला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्