Logo

‘इन्डियन आइडल’मा पुगिन नेपालकी चर्चित नायिका निरुता सिंह !

पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी नेपाली नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।नायिका सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू इन्डियन आइडलमा पुगेको जनाएकी हुन् ।

उनले त्यहाँ पुग्दा निकै रमाइलो भएको र राम्रो समय बिताएको बताएकी छिन् । अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’ निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनको अभिनय रहेका दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाइ लगायत चलचित्र दर्शकले रुचाएका चलचित्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्