Logo

हेर्नुस पाेखराकाे मणिपाल अस्पतालमा जन्मिए चम्ल्याहा शिशु , कति छोरा कति छोरी ?

पोखरामा एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।

उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १.३ किलोग्रामको छोरा, तेश्रोमा १.३ किलोग्रामकी छोरी र चौँथोमा १.४ किलोग्रामको छोरालाई जन्म दिएकी हुन्।

अस्पतालका शल्य चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको हो। बच्चा तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्