Logo

३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति खेतको डिलमा फेला पर्‍यो ! सेयर गरौ

जुम्ला सदरमुकाम (खलंगा)स्थित चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि फेला परेको छ । २०७३ सालको मंसिर महिनामा मन्दिरबाटै हराएको दत्तात्रको मूर्ति खेतको डिलमा फेला परेको प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् ।

चन्दननाथ मन्दिरबाट ११ मंसिर २०७३ मा दत्तात्रेय भगवानसहित अरु स–सना गरी १४ वटा मूर्ति हराएका थिए । स्थानीयले मन्दिरबाट मूर्ति चोरी भएको जनाएका थिए । मन्दिरबाट हराएका मूर्तिको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोली समेत परिचालन गरिएको थियो ।

तर, हराएको ३ वर्ष पछि चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतमा मूर्ति फेला परेको हो । खेतको डिलमा मूर्ति भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मूर्ति फेला परेको सूचना पछि जिल्ला प्रशासन कार्यालयसहित प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

अहिले मूर्तिलाई प्रशासनमा ल्याएर सुरक्षित राखिएको प्रजिअ बञ्जाडेले जानकारी दिइन् । पत्रकार सम्मेलन गरी सार्वजनिक गरिए पछि मूर्तिलाई पुनः चन्दननाथ मन्दिरमा राखिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्