Logo

हेर्नुहोस २०७७ सालमा कुन पर्व कति गते पर्छ !

नयाँ वर्ष २०७७ को नयाँ पात्रो सार्वजनिक भएको छ सार्वजनिक पात्रोमा २०७७ मा परेका चाडपर्व उल्लेख गरिएको छ पात्रो अनुसार २०७७ को असोजमा । एक महिना मलमास परेको छ मलमासकै कारण दशैं तिहार पनि पर सरेको छ । मलमासले गर्दा २०७७ को दशै र तिहार एक महिना धकेलिएको छ । त्यस्तै पञ्चाङ्ग निर्णायक ।

समितिका अनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते, कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजया दशमी रहेको छ ।

त्यस्तै कात्तिक २८ गते तिहार परेको छ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको छ ।

त्यसैगरी बैशाख ११ गते मातातिर्थ औशी, १४ गते अक्षय तृतीया, २५ गते बुद्ध जयन्ती, जेठ १९ गते गंगा दशहरा, असार ७ गते आइतबार औशीको दिन, असार २१ गते गुरु पुर्णिमा, साउन । १० गते नागपञ्चमी, १९ गतेजनै पुर्णिमा, २० गते गाईजात्रा, २७ गते कृष्ण जन्माष्टमी र भदौ ३ गते कुशे औशी परेको छ ।

त्यस्तै २०७७ मा नेपाली महिलाहरुको हरितालिका तीज भदौ ५ गते परेको छ । १५ मा उद्यौली र तमु ल्होसार, पुस ४ गते बिवाह पञ्चमी, फागुन २७ गते शिवरात्री, चैत १५ गते होली, २९ गते घोडेजात्रा पर्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्