Logo

हे भगवान श्रीमानले ज्यूँदै जलाए श्रीमतीलाई: पारिवारिक लेनदेनमा विवाद हुँदा श्रीमानले ज्यूँदै जलाए श्रीमतीलाई

काठमाडौं – सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए ।

मृतक अनिताकी श्रीमान् विनोद मलेसियामा तीन वर्ष बसेर केही समयअघि मात्रै घर फर्केका थिए, विदेशबाट कमाएर पठाएको चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै अनितालाई पैसा फिर्ता माग्न दबाब दिँदै आएका थिए ।

उनले आफूले पठाएको पैसाले ससुरा अशोककुमार यादवले सासूको नाममा ५ कट्ठा जग्गा किनेको र आफूले पैसा नपाएको भन्दै श्रीमतीलाई पैसा फिर्ता माग्न दबाब दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । निरन्तरको दबाबपछि ससुराले ३ लाख फिर्ता गरे पनि बाँकी रकम फिर्ता नगरेको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्