Logo

सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो ! जानी राखौ

दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।जानी राखौ :

१. हनुमान चालिसा: हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२. फलामको उपकरण: सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३. मुला: सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४. फूल: सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

५. दुर्गा सप्तसती: पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ । शक्ति शक्तिशाली हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्