धेरै मानिसहरुलाई खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् । जानी राखौ :
१. रोमन फुट यस्ता खाले खुट्टा प्राय मानिसहरुका हुने गर्छन् । तीनवटा औलाको उही उचाइ हुन्छ भने दुई वटा औला साना हुन्छन् । यस्ता खुट्टा हुने व्यक्तिहरु आकर्षक देखिन्छन् भने सार्वजनिक स्थलमा खुलेर बोल्ने तथा बिजनेशको पक्षमा पनि बलिया हुन्छन् ।
२. स्क्वायर फुट सबै औलाहरुको लगभग उही उचाइ हुने यस्ता व्यक्तिहरुको खुट्टालाई ‘स्क्वायर फुट’ भनिन्छ । यस्ता मानिसहरु धैर्यवान हुने तथा निर्णय लिन सक्ने खबी भएका हुन्छन् । उनीहरु विश्वसनिय र व्यवहारिक हुन्छन् ।
३. ग्रीक फुट यसलाई फ्लेम फुट पनि भन्निछ । यसमा बुढी औलाको नजिकको औला सबैभन्दा लामो हुनेगर्छ । यस्ता खुट्टा हुने व्यक्तिहरु अरुलाई प्रेरणा दिने खालका हुन्छन् । यस्ता खुट्टाहरु प्राय पब्लिक स्पिकर, आर्टिस्ट र एथ्लेटिकहरुको हुन्छन् ।
४. स्ट्रेच फुट यस्तो खुट्टा भएका मानिसहरुमा बुढी औलाबाट कान्छी औलासम्म तेस्रो अवस्थामा रहन्छ । यस्ता मानिसहरु कुरा लुकाउन खप्पिस हुन्छन् । उनीहरुको कतिखेर मुड बदलिन्छ पत्तै हुँदैन ।
५. एकै ठाउँमा जोडिएका अर्थात् छुट्याउन नसकिने औलाहरु यस्ता खुट्टा हुने मानिसहरु विश्वासका पात्र हुन्छन् । उनीहरुलाई साथी बनाउनु नै ठुलो उपलब्धि हुन्छ । उनीहरु संरचनालाई सुरक्षाका दृष्टिकोणले हेर्छन् ।
६. कान्छी औला छुट्टाउन सक्ने क्षमता यस्ता खुट्टा भएका मानिस डरलाग्दा यात्रा गर्न रुचाउँछन् । कुनै संरचनामा उनीहरु बाधिन चाहदैनन् । यी व्यक्तिहरु छिटो अल्छी भइहाल्छन् ।
७. बुढी औला अलग खुट्टा हुने मानिसहरु यस्ता मानिसहरु विद्रोही स्वभावका हुन्छन् । आफ्ना तरिकाले हरेक काम गर्न उनीहरु रुचाउँछन् ।
८. दोस्रो र तेस्रो औलाबीच दुरी भएका व्यक्ति यस्ता मानिसहरु दैनिक जीवनमा आफ्ना भावनाहरु अलग्गै राख्ने गर्छन् । सानो कुरामा पनि उनीहरु भावानात्मक साइनो लगाइहाल्छन् ।
९. तेस्रो औला झुकेको यस्ता खुट्टाहरु भएका मानिस योजना बनाएर हिड्ने गर्छन् । उनीहरु संगठित हुने तथा आफ्नो अवस्थाप्रति पुर्ण नियन्त्रित हुन्छन् ।
१०.दोस्रो औलाको आधार केही ठुलो भएका खुट्टा भएका व्यक्ति यस्ता खुट्टा भएका व्यक्तिहरु खुलस्त भावना व्यक्त गर्ने खालका हुन्छन् । उनीहरु जीवनमा ठुलो कुराहरु निर्माण योजनामा हुन्छन् । प्राय यिनीहरु राम्रो मुडमा समेत हुन्छन् । उनीहरु खराब मुडमा छन् भने एक्लै छोडदिदाँ राम्रो हुन्छ ।
प्रतिक्रिया