Logo

नेपालमै भेटियो संसारकै दुर्लभ दुई टाउके करेत सर्प !

रूपन्देहीका सर्प अनुसन्धानकर्ता युवा कमल देवकोटा र उनको समूहले नेपालको कावासोतीमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । करेत बिषालु जातको सर्प हो । स्थानीय जुद्धवीर श्रीस मगरको घरमा यो सर्प भेटिएको हो ।

अस्पतालमा सो सर्पको शुक्ष्म तरिकाबाट अध्ययन अनुसन्धान पश्चात पि्रजर्व गरी सुरक्षित रुपमा राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डा. छबिलाल थापाले बताएका छन् ।

करेत प्रजातीको दई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपटक भेटिएको देवकोटाको दाबी छ । यो सर्प पोथी जातको करेत हो ।

न्युटेसनका कारण यसप्रकारको अपांगता भएको करेत जन्मिएको हुनसक्ने उनको भनाइ छ । २ टाउके करेत देब्रे टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय ८ एमएम र दाहिने टाउकोदेखि पुच्छरसम्मको लम्बाइ २ सय एमएम छ ।

यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भि आर झा को समुहले फेला पारेका थिए । नेपालमा भने पहिलो दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पविज्ञ करणबहादुर शाहको समुहले सन् १९८३ मा फेला पारेका थिए । यो सर्पको नमुना काठमाडौंको प्राकृतिक बिज्ञान संग्राहलयमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्