Logo

प्रहरीलाई डन्ठे भन्दै हिड्ने गायिका राउतमा देखियो ठुलो परिवर्तन, रिहा भएपछि प्रहरीलाइ नै सलाम …..(भिडियो सहित)

प्रहरीलाई डन्ठे भन्दै हिड्ने गायिका आस्था राउतमा ठुलो परिवर्तन देखिएको छ । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका राउतले प्रहरीको प्रशंसा गर्न थालेकी छिन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् ।

हँसिलो अनुहारमा आफ्नो बुवासँगै बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै यस्तो बयान दिएकी हुन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो बुझाइ गलत भएको स्विकार गरेकी छिन् ।

आफु दुई दिनमा फेरिएको समेत बताइन् । आफुले बुझेको प्रहरी प्रशासन सोचे भन्दा फरक पाएको उनले जानकारी दिइन् । उनले भनिन, ‘प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन ।’

आफुमाथि भएको घटना सबैका लागि पाठ भएको समेत उनले बताइन् । ४ हजार रुपैयाँ धरौटीमा छुटेकी आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्