Logo

२ हजार वर्ष पुरानो शिवलिंग जसबाट आउँछ तुलसीको सुगन्ध ! जानी राखौ

हुन त यस धर्तीमा अनेकौं चमत्कार देख्न पाइन्छ तर शिवलिंगबाट तुलसीको सुगन्ध आउँछ भनी तपाईंले कहिल्यै सुन्नुभएको छैन शायद। भारतको छत्तीसगढ राज्यको सिरपुरमा उत्खननका क्रममा भेटिएको यो अनौठो शिवलिंग करीब दुई हजार वर्ष पुरानो भएको अनुमान गरिन्छ।

यो शिवलिंग काशी विश्वनाथ र महाकालेश्वर जस्तै चिल्लो छ। यस अनौठो शिवलिंगको नाम गन्धेश्वर महादेव राखिएको छ ।अचम्मको कुरा शिवलिंगमा जनै लगाइएको छ। लिंगका साथसाथै केही सिक्का र ताम्रपत्रहरू भेटिएका छन्। शिवलिंगमाथि केही रेखाहरू देखिन्छन्।

सबभन्दा अचम्मको कुरा त शिवलिंगबाट तुलसीको सुगन्ध निस्कन्छ। टाढाटाढासम्म पनि सुगन्ध फैलिन्छ।शिवलिंगको दर्शन मात्रले मनोकामना पूरा हुने भक्तहरू विश्वास गर्छन्। यो चार फीट अग्लो र २.५ फीट गोलो छ। अनि दिनको तीनचारचोटि यसको रंग बदलिन्छ । टाढाटाढाबाट मानिसहरू यसको दर्शन गर्न आउँछन्।

प्रतिक्रिया दिनुहोस्