Logo

वीरेन्द्रनगर रणभूमि बन्यो : गोली लागेर ७ जना घाइते !

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ ।वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो ।

पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

तनाव : सिंहको मृत्युको विषयलाई लिएर मंगलबार दिनभर वीरेन्द्रनगर बजार तनावग्रस्त बन्यो । स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भयो भने प्रहरीले चलाएको गोली लागेर सातजना घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर चारजना प्रहरीसमेत घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो । प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी बिटसमेत तोडफोड गरेका छन् । प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्