Logo

रिहापछि आस्थाले भनिन्- प्रहरी हाम्रो साथी रहेछ…..(भिडियो सहित)

हिरासतबाट रिहा भएपछि गायिका आस्था राउतले ‘प्रहरी हाम्रो साथी’ रहेको बताएकी छिन्। संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भनिन् ‘प्रहरी हाम्रो साथी भन्नेमा मलाई कोइश्चनमार्कजस्तो लागेको थियो, तर त्यो रहेनछ।’

एक जनाको गल्तीमा सबैलाई मुछ्न नहुने महसुस आफूले गरेको उनले बताइन्। त्यस्तै आफू प्रहरीकोमा गएपछि प्रहरीले उदारता र लचिलोपन देखाएको उनले बताइन्। सामान्य कुरालाई मिडियाले जबरजस्त उचालेको उनले आरोप लगाइन्।

‘प्रहरीले मलाई हत्कडी नलगाइकन सम्मानका साथ राख्नुभएको छ, तर तपाईको मिडियामा कारागारभित्र भएको फोटो राख्नुहुन्छ। थुनामा, फरारजस्ता क्याप्सन राख्नुहुन्छ’ उनले भनिन्।
आफ्ना केही शव्द अमर्यादित रहेको र पछि आफूले माफी मागिसकेकाले प्रहरीले पनि आफूलाई सम्मान गरेको उनले बताइन्।

सोसल मिडिया वा युट्युवमा भिडियो वा क्याप्सन राख्दासबैले संयमिता अपनाउनुपर्नेमा उनले जोड दिइन्। उनले कानूनको परिधिभित्र सबै रहनुपर्ने बताइन्। ‘मलाई खाने बाघले हजुरहरुलाई पनि खान सक्छ’ उनले भनिन्।

 

प्रतिक्रिया दिनुहोस्