Logo

बजाजलाई पछ्याउँदै टीभीएस, भाेलि इलेक्ट्रीक स्कुटर सावर्जनिक गर्ने, हेर्नुहोस् कति मुल्य

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याएसँगै टीभीएसले पनि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा उतार्ने भएको छ ।
कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटरको टिजर भिडियो सार्वजनिक गरेको छ । भिडियोमा विद्युतीय चार्जिङ सेटको अगाडिबाट एउटा स्कुटर स्पीडमा क्रस भएको देखाइएको छ ।

भिडियोमा कन्भेन्सनल डिजाइन सहितको स्कुटर तीव्र गतिमा गुडेको र अन्त्यमा ‘चार्ज लाइफ, कमिङ सुन’ भनिएको छ । कम्पनीले २ वर्षअगाडि देखाएको क्रियोन कन्सेप्टमा आधारित रहेर यसको उत्पादन मोडल ल्याएको अनुमान गरिएको छ ।

कम्पनीले उक्त स्कुटर जनवरी २५ मा लन्च गर्ने सम्भावना रहेको बताइएको छ । कम्पनीले यसमा १२ किलोबाटको लिथियम आयोन व्याट्री दिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्