Logo

बिहानै आयो अत्यन्तै दुखद खबर : ट्रिपरको ठ*क्करबाट युवाको मृ*त्यु भएलगत्तै युवतीले गरिन् आ*त्म*ह*त्या !

सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र म‌गलबार दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्