Logo

कस्तो अचम्म भयो: ह-राएको बाइक नम्बर फेरेर ट्राफिक प्रहरीले नै चलाउँदै गरेको बाइक मालिकले नै गरे प-क्राउ !

चो-री भएको मोटरसाइकल ट्राफिकले चलाएपछि सवारी धनीले रंगे हात फेला पारेका छन् । विराटनगर महानगरपालिका ९ का सुनिल अटलको को२३प ६९२१ नम्बरको मोटरसाइकल गत भदौं २२ मा ह-राएको थियो । नम्बर बदलेरले बा३५प ५८९३ बनाइएको सोही मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारी ट्राफिकलाई बुझायो ।

कसैले दाबी नगरेपछि मोटरसाइकल ट्राफिक प्रहरीले नै चलाउँदै आएको थियो । त्यसै क्रममा ट्राफिक प्रहरी हवल्दार मोहन खतिवडा सोही मोटरसाइकलसहित ट्राफिक चोकस्थित सुनिलको मेडिकलमा आइपुगे । सुनिलले हवल्दार खतिवडा चढेको मोटरसाइकल आफ्नो भएको दाबी गरे । उनको मोटरसाइकल नम्बर को२३प ६९२१ थियो तर खतिवडा चढेको मोटसाइकल नम्बर बा३५प ५८९३ थियो ।

नम्बर नमिले पनि मोटरसाइकल अगाडि लेखिएको ‘जय सियाराम’ शब्दका आधारमा मोटरसाइकल आफ्नै भएको दाबी सुनिलले गरे । मोटरसाइकल ह-राएपछि सुनिलले यसअघि नै प्रहरीमा उ-जुरीसमेत गरेका थिए । मोटरसाइकलको चेसिस नम्बरका जाँच गर्दा उनकै रहेको पुष्टि भएपछि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

उनका अनुसार बा३५प ५८९३ नम्बरको मोटरसाइकल करिब चार महिनाअघि सिआरभी प्रहरीले बे-वारिसे अवस्थामा फेला पारेर ट्राफिक प्रहरीलाई जिम्मा लगाएको थियो । तर सो नम्बरको मोटरसाइकल ह-राएको उ-जुरी परेको थिएन् । दाबी गर्ने मानिस नआएपछि पछिल्लो समय काम पर्दा ट्राफिक प्रहरीले सो मोटरसाइकल प्रयोग गर्दै आएका थिए । शनिबार मोटरसाइकल धनीले दाबी गरेपछि मोटरसाइकल जिम्मा लगाइएको थापाले जानकारी दिए । साभार : अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्