Logo

जापानमा काम गरिरहेको ठाँउबाट १५ नेपाली पक्राउ, कारण यस्तो हेर्नुहोस्

जापानमा नेपालीले काम गरिरहेको ठाउँमा प्रहरीको छापा मर्दा १५ नेपाली पक्राउ परेका छन् । राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई अध्यागमन विभागको टिमसहित पुगेको प्रहरीले छापा मारेर पक्राउ गरेको बताइएको छ । पक्राउ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ ।

आफूहरुसँग भएको भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै काम गरेपछि पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलिनसकेको बताइएको छ ।बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्