Logo

रंगशालामा रबि लामिछाने देखि मह जोडीसम्म, अनमोल गरे धुर्मुसलाई सहयोग ….(भिडियो सहित)

धुर्मस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । पैसा वाहेक रंगशालाका लागि आवश्यक पर्ने अन्य सहयोग पनि आइरहेको छ । शनिवार मात्र धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ ।

रंगशालाका लागि चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने, नायक अनमोल केसी लगायतले पनि ठूलो सहयोग गर्न आइरहेको फाउण्डेशनक अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । उनीहरुले संचालन गरेको टेलिभिजन कार्यक्रमवाट जितेको रकम रंगशाला निर्माणको लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उनीहरुले टेलिभिजन रियालिटि शो वाट प्राप्त भएको रकम सहयोग गर्न पुग्ने बताइएको छ ।

धुर्मुसले रवि लामिछानेलाई सहयोगका लागि अपिल गरेको पनि बताएका छन् । रंगशाला निर्माणका लािग आर्थिक सहयोग जुटाउन आइतवारवाट महायज्ञ पनि सुरु भएको छ । पण्डित दिनबन्धु पोखरेलले त्यसका लागि निशुल्क महायज्ञमा बाचन गरिदिने प्रतिवद्धता जनाएपछि महायज्ञको आयोजना गरिएको पोखरेलले बताए ।

उनले ९७ वर्षका वृद्धले प्राप्त गरेको वृद्धभत्ता पनि लिएर रंगशाला निर्माणको लागि सहयोग दिन आउँदा आफुलाई निकै भावुक बनाउने गरेको धुर्मुसले बताएका छन् । शनिवार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशालामा ल्याएर थुपारीदिएका छन् । सवैले गरेको सद्भाव र सहयोगका लागि धुर्मुुसले सबैलाई धन्यवाद दिएका छन् । उनले अब किएको समयमा रंगशाला निर्माण हुने विश्वास आफुलाई लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्