Logo

इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ !


यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ । आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डिन्स र चेन्नई सुपर किंग्सबीच वानखडे क्रिकेट स्टेडियम मुम्बईमा हुने छ ।आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुँदै छ।

यस पटक आईपीएल ५० दिन सम्म चल्ने छ । यस अघि ४४ दिन सम्म चल्दै आएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले चैत १७ मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्ने छ ।

चैत १८ मा रोयल च्यालेन्जर बेंगलोरले घरेलु मैदानमा कोलकता नाइटराइडर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ । चैत १९ मा सनराइजर्स हैदराबाद र मुम्बई भिड्ने छन् । लिगमा कुल ५६ खेल हुने छन् । लिगको अन्तिम खेल जेठ ४ गते सकिने छ । लिगको अन्तिम खेलमा बंगलोर र मुम्बई भिड्ने छन् ।


सबै खेल नेपाली समय अनुसार बेलुका ७ः४५ देखी सुरु हुने छन् । यसपटक कुनै खेलाडी घाइते भएर पूर्ण रुपमा होस नआएपछि खेल्न नसकेको खण्डमा उसको स्थानमा अर्को खेलाडी खेल्न पाउने छ । जुन नियम आईसीसीले लागु गरिसकेको छ ।

सबैभन्दा पहिला उक्त नियम इंग्ल्यान्ड र अस्ट्रेलियासँगको दोस्रो टेष्टमा प्रयोग भएको थियो । जोफ्रा आर्चरको बाउन्सर बलले लागेर स्टिभ स्मिथ घाइते भएपछि उनको स्थानमा मार्नस लाबुसेनले ब्याटिङ गरेका थिए ।

त्यस्तै टिभी एम्पायरले हरेक बल नो बल छ वा छैन भनेर चेक गर्ने छन् । अव फिल्ड एम्पारले नो बलको कल गर्ने छैनन् । सिधैं टिभी एम्पारले नो बल भए नभएको थाहा दिने छन् । यसपटक आईपीएल सुरु हुनुभन्दा केहि दिन अघि विशेष खेलका रुपमा अलस्टार म्याच पनि हुने सम्भावना रहेको छ । यसबारे औपचारिक जानकारी भने आएको छैन ।

सबै ८ टोलीका खेलाडी समेटेर २ टोली निर्माण गरिने र मैत्रीपूर्ण खेल हुने बुझिएको छ । त्यस्तै महिलातर्फ पनि ४ टोली सम्मिलित प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्