Logo

‘सेन्टी भाइरस’ले दुई दिनमै कमायो २ करोड ४७ लाख(हेर्नुहोस भिडियो )

शुकबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको भएको दोस्रो दिनसम्म २ करोड ४७ लाखको व्यापार गरेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले शुक्रबार १ करोड १२ लाख र शनिबार १ करोड ३५ लाख कमाएको हो ।

शुक्रबार राम्रो दर्शक पाएको चलचित्रले शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ ।

हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । राजनीतिले एउटा परिवारको सदस्यलाई पार्ने असर फिल्मले देखाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्