Logo

रुघाखोकी लागे बुद्ध एयरको टिकट रद्द गर्न सकिने !

रुघाखोकी वा ज्वरो आए बुद्ध एयरको टिकट रद्द गर्न पाइने भएको छ।कोरोना भाइरसको मुख्य लक्षण नै रुघाखोकी र ज्वरो भएकोले यस्तो लक्षण देखिएमा फोनमार्फत् टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लिन सकिने बताउँदै एयरलाइन्सले सूचना जारी गरेकाे छ।

टिकट रद्द गर्नु परेमा ०१–५५४२४९४ मा सम्पर्क गर्न सकिने छ।

त्यसैगरी एयरलाइन्सले रुघाखेकी वा ज्वरो आएका आफन्त विमानस्थलमा नगइदिन आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्