Logo

नेपालीहरु अब विदेश जान नपाउने !

सर्वोच्च अदालतले कोरोना भाइरसबाट जोगिनका आवश्यक परेका अन्तराष्ट्रिय उडानमा पनि रोक लगाउन आदेश दिएको छ । सर्वोच्चले सरकारको नाममा आदेश दिँदै कोराना भाइरस कोभिडः १९ बाट जोगिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन आदेश दिएको हो ।

सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलास सरकारको नाममा सो आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएको हो ।

यसै क्रममा सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्