Logo

पूर्व राजाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना !

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।सोमबार त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् ।

आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मार्फत एक सन्देश पठाउँदै पूर्व राजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पूर्व राजा शाहले प्रधानमन्त्री आलीको सफल मृगौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्