Logo

जानी राख्नुस : कुन राशी भएका व्यक्तिले कमाएको सम्पत्ति कहाँ राख्दा राम्रो हुन्छ ? पढेर शेयर गर्नुहोला

मेष राशी

यो राशी भएका व्यक्तिलाई आफुले कमाएको पैसा आफ्नो घरको पश्चिम दिशामा राख्नु उत्तम मानिएको छ । आफुले पैसा राखेको ठाउँमा फलामको औँठी राख्ने गर्दा राम्रो हुने देखिएको छ । धनको लेनदेन गर्दा साँझको समयमा गर्नु उत्तम मानिन्छ ।

वृष राशी

यो राशी भएका व्यक्तिले धन सम्पति राख्दा घरको पूर्व दिशामा राख्नु राम्रो देखिएको छ । यसरी धन राखिएको ठाउँमा सुन वा पित्तलको सामाग्री राख्नुपर्छ भने साँझको समयमा कुनै पनि किसिमको लेनदेन गर्नु हुँदैन् ।

मिथुन राशी

मिथुन राशी भएका व्यक्तिले आफुसँग भएको सम्पति घरको उत्तर दिशामा राख्नदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा तामाको बस्तुहरु राख्नु पर्नेछ । मंगलबारको दिन धन लेनदेन गर्नु हुँदैन् ।

कर्कट राशी

यो राशी भएका व्यक्तिले घरको पूर्व दक्षिण दिशामा धन राख्दा राम्रो रहेको छ । तपाईले धन राखेको ठाउँमा चाँदीको वस्तु राखिदिनुहोस् र धन सम्पति राखेको ठाउँमा कुनै पनि प्रकारको कालो चिज नराख्नुहोस् ।

सिंह राशी

यो राशी भएका व्यक्तिले घरको पूर्वी दिशा छेउमा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी तपाईले धन राख्न बनाएको ठाउँमा कासको वस्तुहरु राख्दा राम्रो हुनेछ ।

कन्या राशी

कन्या राशी भएकाहरुले घरको दक्षिण पश्चिम दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुनेछ । तर धन राखिएको ठाउँमा उज्यालोको व्यवस्था गनर्सपर्नेछ ।

तुला राशी

तुला राशी भएका व्यक्तिले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुनेछ । धन राखेको ठाउँमा रातो वा तामाको वस्तु राख्नुपर्नेछ । यसरी राखिएको धनलाई उज्यालो हुने गरेर राख्ने गर्नुपर्छ ।

वृश्चिक राशी

यो राशी भएका व्यक्तिले घरको उत्तर पश्चिम दिशामा धन राख्दा राम्रो हुने देखिएको छ । यसरी सम्पति राख्ने ठाउँमा हरियो कपडाले बेरेर खानेसुप राखिदिनाले हरेक महिना परिवर्तन हुनेछ ।

धनु राशी

यो राशी भएकाहरुको धन राख्ने उत्तम ठाउँ दक्षिण पूर्व दिशा हो । धन राखिएको ठाउँमा सेतो कपडाले बेरेर बाधेर एउटा चाँदीको सिक्का राख्ने गर्दा राम्रो हुनेछ ।

मकर राशी

यो राशीकाहरुलाई धन राख्ने राम्रो ठाउँ उत्तर दिशा रहेको छ । यसरी धन राखिएको ठाउँमा सानो कुवेरको मूर्ती राख्नुपर्नेछ । तर धन राखेको ठाउँमा भूलेर पनि सुनको चिजहरु राख्नु हुँदैन् ।

कुम्भ राशी

यो राशीको धन राख्ने उत्तम ठाउँ पूर्व रहेको छ । उक्त ठाउँमा पहेँलो कपडामा बेरर सून वा पित्तलेका कुनै वस्तु राख्नाले राम्रो हुनेछ । तर बिहानको समयमा धनको लेनदेन गर्नु हुँदैन् ।

मीन राशी

उक्त राशी भएकाहरुको लागि धन राख्ने उत्तम ठाउँ पश्चिम रहेको छ । त्यहाँ फलामको केही वस्तु राख्दा राम्रो हुनेछ । तर धन राख्ने ठाउँलाई व्यवस्थित बनाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्